विराटनगरका युनेश, धनकुटामा बारी ब्राण्ड कफी

बुबा युवराज श्रेष्ठले २०३७ सालमा सञ्चालनमा ल्याएको नमस्कार होटल ४० वर्षपछि विराटनगरमा बन्द भयो । विराटनगरका यो होटल त्यो बेलाको लगानीको पहिलो थियो ।छोरा युनेशको काँधमा होटल सञ्चालनको जिम्मेवारी आउनु अगाडी उस्तै काममा पहिलो हुने उनको सपना कफी क्याफे र नमस्कार होटल मेनेजमेन्ट खोलेर पुरा गरिसकेका थिए । तर, २०७२ सालमा खुलेको होटल नमस्कार मेनेन्जमेन्ट र भेलेन्टाइन क्याफे युनेशका लागि फरक शैलीको पहिलो हुने ईच्छाको थिएन ।

बुबाले खोलेको होटल कोरोना कहरले सञ्चालनमा अवरोध ग¥यो । त्यसको भवन संरचना पुरानो भएपछि युनेशको मनले छुन छोड्यो । होटल नमस्कारको भवन प्रवलीकरण गर्ने की नयाँ योजनामा फड्कने दोधारमा थिए उनी । विकल्प, फ्याफे र होटल मेनेजमेन्ट मात्रै राख्ने सोच थिएन ।

क्याफेमा कफीको रस
युनेश नमस्कार होटल अगाडी भेलेन्टाइन कफी क्याफे खोलेका थिए । त्यो विराटनगरका लागि नयाँ थियो । फ्याफेमा उनले फ्लेवरको कफी पस्कन्थे । त्यहि फ्लेवरको कफीले उनलाई त्यसको उत्पादनमा लाग्ने सोच पलाएको थियो ।
युनेश भन्छन्–जतिबेला कफी फ्याफे खोलेको थिएँ, त्यहि बेला फ्लेवरको कफी आफैं उत्पादन गर्ने योजनामा थिएँ । होटल बन्द गरेपछि मेरो मिसन त्यता बढ्यो । तर, होटलसँगै फ्याफेमा कफी बिक्री गरिरहँदा इटालियन लवाजा ब्रान्डको मेसिनको आपूर्ति र बिक्री गर्ने पूर्वका एक मात्रै व्यापारी समेत बनिसकेका थिए । उनी भन्छन्–धेरै कुराको अनुभवले मलाई फ्याफे भित्रैबाट कफी खेतीमा लाग्नुपर्ने सोच पलाएको थियो । मेशिनको आपूर्तिकर्ता भएकोले धनकुटा र काभ्रपलाञ्चोकमा उत्पादन भएको कफी खरिद गरेर प्रोशोसिङ्ग र ब्रान्डिङ गर्दै आएका थिए । उनको ब्राण्ड थियो बारी । बारी ब्राण्ड पूर्वमा उनले चर्चामा ल्याइसकेका पनि थिए । आफैं मेशिन सप्लाई गर्ने भएका कारण पनि उनलाई यो ब्राण्ड चिनाउन अझै सहज भएको थियो ।

बारी ब्रान्ड, आफैं खेती
ब्रान्ड स्थापीत हुँदै जाँदा युनले कफी उत्पादन गर्ने योजना बनाएको सुनाउँछन् । उनले धनकुटाको डाँडाबजारमा कफीको सानो खेतिरहेका किसानसँग आफ्नो प्रस्ताव लिएर पुगे । त्यहाँ पुग्न उनलाई भेडेटारका एकजना व्यापारीले सुझाएका थिए । जसलाई उनले कफी बनाउने मेशिन बिक्री गरेका थिए ।
डाँडाबजारमा दुर्गा लिम्बु सानो क्षेत्रमा खेती गरेर बसेका थिए । तर, उनले गरेको खेतीको उत्पादन राम्रो भएपनि प्रशोसेसिङ उत्कृष्ट थिएनन् । युनेशले लगानी गर्ने र दुर्गाले खेती हेर्ने गरी प्रस्ताव गरेर फर्के । भेडेटारभन्दा १७ किलोमिटर पूर्वको डाँडाबजारका दुर्गाले आफ्नोसहित बाँकी जग्गालाई कफी फर्ममा विस्तार गर्ने युनशको प्रस्तावलाई स्वीकार गर्ने जवाफ फर्काए ।
त्यसैपनि पहाड, त्यहिमाथि धनकुटाको नाम्जेदेखि पूर्वको भाग रसिलो । चिसो ठाउँ, हरियो पहाडमा कफीसँगै सुन्तला र कागती उत्पादनको संभावना देखेपछि युनेशले दुर्गाको स्वीकारलाई अवसरमा रुपान्तरण गर्ने सपना देखे ।
सन् २०२० चल्दै गर्दा मैले उहाँ (दुर्गा दाई)सँग कफीमा साझेदार सुरु गरें । अहिले कफी खेतीमा मात्रै ८५ लाख लगानी पुगेको छ, युनेशले भने–लगानी गरे अनुसार र सोचे अनुसारको प्राकृतिक फ्लेवरमा अहिले उत्पादन सुरु भएको छ । उनका अनुसार उत्पादन सुरु बाहेक खेती विस्तार समेत भईरहेको छ ।

कफीसँगै कागती र सुन्तला
कफी बुट्यान प्रजातीको बिरुवा हो । यसको बिरुवादेखि फलसम्मलाई शीतबाट जोगाउनु पर्छ । बिरुवा र फलमा शीतले भेट्दा त्यसको उत्पादन र स्वादमा फरक पर्ने कुरा खेती गरिरहेका दुर्गा लिम्बुले नै युनेशलाई बताएका थिए । ‘दुर्गा दाई सेवा निवृत्त नेपाली सेना, त्यहि माथि पनि कफी खेतिको तालिम लिएर पोख्त हुनुहुन्छ’ युनेशले भने–मेरो सोचमा उहाँसँगको भेट हुनुपनि एउटा आसा जाग्नु भयो ।
उनका अनुसार कागती र सुन्तलाखेती सँगसँगै कफीखेती गर्दा शीतले जोगाउने मात्रै नभई फलेको कफीको स्वादमा पनि फरक पर्ने रहेछ । कफीको आफ्नै फ्लेवरमा कागती र सुन्तलाको सिट्रस समेत मिश्रण भएर चुस्कीको स्कोर बढ्छ । कफी बनेपछि यसलाई सुरुप्प पार्दा स्कोर ८५ प्रतिशतले सहि छ भन्ने भयोभने यो एक नम्बरमा पर्ने उनी सुनाउँछन् ।
प्राविधिक विषय सुनाइरहेका उनले फेरी खेती व्यवस्थापनलाई जोड्दै भने ६० रोपनीबाट सुरु गरेको खेती चारवर्षमा दुईसय रोपनीमा विस्तार गरेका छौं । प्रमुख लगानी आफैंले गरेको सुनाउँदै उनले भने खेतीको काम दुर्गा दाईले हेर्नुहुन्छ ।

चारवर्षमा छ हजार बोट, दश टन लक्ष्य
खेती सुरु गरेको चारवर्षमा दुईसय रोपनीमा ६ हजार बिरुवा पुगेका छन् । तर, उत्पादन दिने बिरुवा भने ६० प्रतिशत मात्रै छन् । राम्रो स्याहार पुग्दा कफी रोपेको २४ महिनामा उत्पादन दिन थाल्छ । एक रोपनी जमिनमा १०० बोट कफी रोपिएको छ । चारवर्ष अगाडी ६० रोपनीमा रोपिएका कफीले दिईरहेको उत्पादन हेर्दा दुईसय रोपनीको बिरुवाबाट वार्षिक १० टन कफीको उत्पादन हुने अनुमान गरिएको छ । उनका अनुसार अहिले लिजसहितको दुईसय रोपनी कफी खेती विस्तार भएपछि अन्य स्थानीयलाई समेत खेती प्रोत्साहन गरिएको छ । यहि हिसाबले विस्तार हुने हो भने फर्म र अन्य स्थानीयको समेत गरि पाँचवर्ष भित्रमा एक हजार रोपनी विस्तार भईसक्नेछ । तर, कफीसँगै कागती र सुन्तला समेत सबैका लागि अनिवार्य गरिएको उनी सुनाउँछन् ।

ब्रान्ड ‘बारी’, सिंगल ओरिजिन
साधारणतया किसानले उत्पादन गर्ने कफीको बारेमा धेरै ज्ञान हाँसिल हुँदैन । तर, युनेश र दुर्गाको खेतीको आफ्नो छुट्टै विशेषता रहेको उनी सुनाउँछन् । किसानले नजानेर आफ्नो ब्रान्ड सुनाउन सक्दैनन् तर दुर्गाको अनुभव र युनेशको ज्ञानमा कफीको छुट्टै पहिचान छ ।
‘बारी’ ब्रान्ड सिट्रस फ्लेवरको ‘सिङ्गल ओरिजिन कफी’ हो उनले भने एउटै खेतीमा उत्पादित एउटै फ्लेवर र टेस्टको कफीलाई सिङ्गल ओरिजिन भनिन्छ । उनीहरुले उत्पादन गरेको कफी अहिले नेपालमै खपत भईरहेको छ । तर, नमूनाको लागि युनेशले यसलाई निर्यात पनि थालेका छन् । निर्यात गरिएको कफीको माग बढीरहेकोले यसको संभावना अझै देखेका छन् ।

उत्पादन बढाऊँ, आयात रोकौं
युनेशले भारतको निम्न गुणस्तरको कफी प्रशस्त भित्रने गरेको सुनाए । उनका अनुसार नेपालको उत्पादन भनेर भारतबाट आयात भएको कफी पनि विक्री भइरहेको छ । यसको नियमन कमजोर रहेको छ । सरकारले नेपालमा उत्पादन भएको कफीको मूल्य अभिबृद्धि कर लिने काम रोकेर आयात प्रतिबन्ध लगाउन जरुरी रहेको उनी सुनाउँछन् । ‘बारी’ ब्रान्डको कफी जापान, अमेरिका र दुबईमा निर्यात गर्न नमुना पठाएको जानकारी दिएका छन् ।

आवश्यक छ प्रयोगशाला
नेपालमा कफीको गुणस्तर परीक्षण र प्रमाणीकरण गर्ने आफ्नै प्रयोगशाला छैन । प्रयोगशाला नहुँदा निर्यातमा समस्या छ । उनका अनुसार यहाँ कफी परीक्षण त्यसको सेवन गर्नेबाट गर्नु परेको छ । त्यसमा पनि भिन्नभिन्न कफीका ब्रान्ड संकलन गरेर उस्तै प्रकारले तयार गरेर उहि ग्राहकलाई चखाउनुपर्ने बाध्यता छ । अर्को भनेको निर्यात गर्ने देशमा नमुना पठाएर गुणस्तर परीक्षण गराएर प्रमाणीकरण गर्नुपर्ने बाध्यता समेत रहेको उनी सुनाउँछन् ।
प्रदेश सरकारले इलाममा चियाको प्रयोगशालाको स्थापना गरेको छ । उनले यहि रुपको प्रयोगशाला कफीका लागि पनि जरुरी छ । जसले गुणस्तर प्रमाणीकरण गरेर प्रमाणपत्र दिन सकोस् ।

धनकुटामा खेती, काठमाण्डौंमा प्रशोधन
धनकुटामा उत्पादन भईरहेको कफीको प्रशोधन भने काठमाण्डौंमा भईरहेको छ । तर, सानो परिमाणमा भने विराटनगरमा समेत सुरु गरिएको छ । उनका अनुसार कफीका दाना सुकाउने काम धनकुटामै हुन्छ । यसलाई रोष्ट गर्ने, प्रशोधन गर्ने र प्याकेजिङ गर्ने काम काठमाण्डौंमा हुने गरेको छ । जसका कारण लागत बढ्दो रहेको उनले सुनाए ।
युनेशका अनुसार चाँडै नै पूर्वलाई लक्षित गर्दै उनले आफैं प्रशोधन गर्ने प्लान्ट लगाउने तयारी गरिरहेका छन् । जहाँ आफ्नोसँगै अरुको समेत कफी प्रशोधन हुनेछ । उनले भने आधुनिक तर प्रशोधनका लागि पूर्ण अटोमेटिक प्लान्ट जडान गर्ने लक्ष्यमा छु ।
‘म खुशीको खबर पनि दिन्छु, चाँडै नै पूर्वलाई लक्षित गरेर कफीको प्रशोधन प्लान्ट लगाउने छु’ युनेशले अन्तिममा भने–बुबाले पहिलो होटल खोल्नुभयो, मैले फ्याफे र होटल मेनेजमेन्ट स्कुल, कफीको बारी ब्रान्ड पहिलो बनाएका कारण प्रशोधनमा पनि पहिलो हुने योजनामा बुनेको छु ।

प्रदेश सरकार कफी पकेट क्षेत्र
कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷२०८३ का लागि प्रस्तुत बजेटमा युवालाई कृषिमा आकर्षित गर्न नवप्रवर्तनमार्फत लगानीको वातावरण सिर्जना गर्ने योजना ल्याएको छ । युवा लक्षित स्टार्टअप एण्ड इनोभेसनलाई प्राथमिकतामा राखेको बजेटले सकारात्मक सन्देश दिएको नयाँ लगानी भित्र्याएका युवाहरु बताउँछन् ।
कोशी प्रदेश सरकारले कफी पकेट क्षेत्र घोषणा गरेर खेती विस्तार गर्न बजेटमा कार्यक्रम राखेपछि उद्यमको रुपमा खेती विस्तार गरिरहेकाहरुले खुशी व्यक्त गरेका हुन् । ‘कृषक सबैभन्दा अगाडी’ मूल नारा तय गरेको सरकारले कृषिलाई स्टार्टप बिजनेसमा जोडेर प्रवद्र्धन गर्ने योजना महत्वपूर्ण रहेको धनकुटामा कफी खेती गर्दै आएका विराटनगरका श्रेष्ठ बताउँछन् ।

नेपाल कफी फेडेरेशन केन्द्रीय सदस्य तथा नेपाली युवा उद्यमी मञ्चका केन्द्रीय सदस्य समेत रहेका कफी उत्पादक श्रेष्ठले युवाहरूलाई कृषिमा आकर्षित गर्न नवप्रवर्तनमार्फत लगानीको वातावरण सृजना गर्ने प्रदेश सरकारको कार्यक्रमले आफू जस्ता लगानीकर्ताको आकर्षण बढाउन सहयोग गर्ने बताए ।
प्रदेश सरकारले कफी उत्पादन हुने क्षेत्रको पहिचान गरेर पकेट क्षेत्रको रुपमा विकास गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा कोशी प्रदेशलाई गुणस्तरीय कफी उत्पादन क्षेत्रको रुपमा विकास गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा निर्यात गरिने बजेटमा उल्लेख छ ।
निर्यातमा प्रवल संभावना बोकेको कफी कोशी प्रदेशमा अहिले वार्षिक ८२ मेट्रिक टन उत्पादन हुने गरेको सुनाए । कोशीको धनकुटा, इलाम, भोजपुर, संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, खोटाङ र ओखलढुंगामा यसको खेति विस्तार भईसकेको श्रेष्ठले बताए । देशभर अहिले कफीको उत्पादन ५२० मेट्रिकटन उत्पादन रहेको उनले सुनाए ।

उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.शरणकुमार पाण्डेले सरकारको नीति तथा कार्यक्रम र बजेटमा कृषिमा आधारिक स्टार्टअपका लागि योजनाहरु समेटिएकोले कार्यन्वयनमा जाने सुनाउँछन् । उनले प्रदेश औद्योगिक व्यवसाय ऐन संशोधन गरेर स्टार्टअपका कार्यक्रम सञ्चालन गर्ने बाटो खुल्ला भएसँगै आगामी आर्थिक वर्षदेखि नवप्रवर्तनका कार्यक्रम सञ्चालनमा आउने दावी गर्दछन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Shopping Cart